नेपाली जनसम्पर्क समिति भारतको अध्यक्षमा पुन: बालकृष्ण पाण्डे विजयी

डिसी नेपाल
२१ मंसिर २०७८ ८:४८
280
Shares

नयाँदिल्ली। नेपाली कांग्रेसको महाधिवेशन चलिरहेको बेला नेपाली काङ्ग्रेस निकट नेपाली जनसम्पर्क समिति भारतको नवौं महाधिवेशन पन्जाबको राजधानी चण्डीगढमा आइतबार सम्पन्न भएको छ। अध्यक्षमा संस्थापन पक्षका बालकृष्ण पाण्डे विजयी भएका छन्। नवौं अधिवेशनबाट पाण्डे तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। पाण्डे नेपाली काङ्ग्रेसका केन्द्रीय आमन्त्रित सदस्य समेत हुन्।

पाण्डे ७० मतको अन्तरले अध्यक्षमा विजयी भएका छन्। उनले कुल ११६ मत प्राप्त गरेका थिए। अर्का अध्यक्षका प्रतिस्पर्धि धर्मागत काफ्लेले ४६ मत पाए। निर्वाचनमा कूल १६२ मत खसेको थियो।

जनसम्पर्क समितिमा अहिले अध्यक्षको लागि मात्रै चुनाव भएको हो । बाँकी पद र केन्द्रमा पठाउने प्रतिनिधिहरु सहमतिका आधारमा टुंग्याउने निर्णय भएको एक नेताले बताए।

अधिवेशनको लागि नेपाली काङ्ग्रेस पार्टी केद्रीय कार्यालयले नेपाली जनसम्पर्क समिति साइप्रसकी सभापति एवं महासमिति सदस्य सीता अर्याललाई जिम्मेवारी दिएर खटाएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.