एक्सेल डेभलपमेन्ट बैंकका ३ जना संस्थापक सेयरधनीले ८७ हजार १०० कित्ता सेयर बिक्री गर्दै
काठमाडाैं। एक्सेल डेभलपमेन्ट बैंकका ३ जना संस्थापक सेयरधनीले आफ्नो सेयर बिक्री गर्ने भएका छन्। सेयर बिक्री गर्ने संस्थापक सेयरधनीमा शेखर राज बस्ताकोटी इन्दु तुलाधर र दिपक कुमार सरावगी रहेका छन्।
बैंकका संस्थापक शेयरधनी शेखर राज बस्ताकोटीको नाममा रहेको ७० हजार कित्ता, इन्दु तुलाधरको नाममा रहेको १० हजार कित्ता र दिपक कुमार सरावगीको नाममा रहेको ७ हजार १०० कित्ता सेयर विक्री गर्ने भन्दै बैंकले मंगलबार एक सूचना जारी गरेका छन्।
बैंकले कुल ८७ हजार १०० कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ। उक्त सेयर किनबेच मूल्य भने खुलाइएको छैन । सेयर खरिद गर्न बैंकको संस्थापक सेयरधनी नै हुनुपर्नेछ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको केन्द्रीय कार्यालय विर्तामोड, झापामा सम्पर्क गर्न अनुरोध गरेको छ।







डिसी नेपाल








Facebook Comment