लुम्बिनी विकास बैंकका पाँच वटा नयाँ शाखा सञ्चालनमा
काठमाडौँ। लुम्बिनी विकास बैंकले देशका विभिन्न ठाउँमा ग्राहकको सुविधाका लागि एकैपटक पाँचवटा शाखा सञ्चालन गरेको छ । बैंकले काठमाडौंको नयाँ बानेश्वर, रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मणिग्राम, नवलपरासीको बर्दघाट, घोराही, र बाँकेको कोहलपुर शाखा एकैसाथ सञ्चालनमा गरेको हो ।
बैंकको नयाँ बानेश्वर शाखाको बैंकका सञ्चालक चिन्तामणि भट्टराई र अञ्जुकुमारी गुप्ताले सयुंक्त रुपमा उद्घाटन गरे । बर्दघाट शाखाको बर्दघाटन गरपालिकाका उपप्रमुख मायादेवी पौडेल र बैंकका सञ्चालक केशव खतिवडा, मणिग्राम शाखाको तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे र बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले सयुंक्त रुपमा उद्घाटन गरे । त्यसैगरी घोराही शाखा र कोहलपुर शाखाको पनि विभिन्न प्रतिष्ठित व्यक्तिहरुबाट उदुघाटन भएको बैंकले जनाएको छ ।







डिसी नेपाल








Facebook Comment