स्वाभिमान लघुवित्त र आइसीएफसी फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

डिसी नेपाल
२२ मंसिर २०७८ १०:१३
56
Shares

काठमाडौँ । स्वाभिमान लघुवित्त र आइसीएफसी फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ । यी दुई कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर २३ गते (बिहीबार) बुकक्लोज गर्ने भएका छन् । नेप्सेमा बुधबार (आज)सम्म कायम रहेका सेयर धनीले मात्र लाभांश सुरक्षित गर्न सक्नेछन् ।

स्वाभिमान  लघुवित्तले पुस ८ गते दिउँसो १ देखि अनलाईनको माध्यमबाट पाँचौ वार्षिक साधारण सभा गर्ने भएको छ । सभाले हाल कायम चुक्ता पूँजीको ३२.३० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्नको लागि १.७० प्रतिशत नगद लाभांश दिने विशेष प्रस्ताव पारित गर्ने भएको छ ।

त्यसै, आईसीएफसी फाइनान्सको अठारौँ वार्षिक साधारण सभा पुस ५ गते हुनेभएको छ । उक्त साधारणसभा आम्रपाली ब्यांक्वेट, थिरबम सडक, भाटभटेनी, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.