प्राइम कमर्सियल बैंकको १६ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन
काठमाडौं । प्राइम कमर्सियल बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १६ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो ।
समायोजन भएसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ३८१.९० रुपैयाँ कायम भएको छ । यससँगै बुधबारको कारोबारमा बैंकको पहिलो कारोबार प्रतिकित्ता ३८१.९० रुपैयाँलाई आधार मानेर हुनेछ । यसअघि बैंकको अन्तिम कारोबार प्रतिकित्ता ४४३ रुपैयाँमा भएको थियो ।
बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १६ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.६३१३ प्रतिशत नगद लाभांश गरी कूल १६.६३१३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित लाभांशलाई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । हाल बैंकको चुक्ता पूँजी १६ अर्ब ८ करोड ३० लाख ३६ हजार ९ सय रुपैयाँ रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment