सांग्रिला डेभलपमेन्ट बैंकले ५ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै

डिसी नेपाल
२२ मंसिर २०७८ १२:४७
32
Shares

काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकले ५ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनी रुपेश थापाले आफ्नो नाममा रहेको ५ हजार कित्ता सेयर बिक्रि गर्न लागेको हो।

उक्त सेयरको कारोबार मूल्य भने खुलाइएको छैन । सेयर खरिद गर्न बैंकको संस्थापक सेयरधनी नै हुनुपर्नेछ।

संस्थापक सेयर खरिद गर्न चाहने सेयरधनीले सूचना प्रकाशित भएको दिन आज (मंसिर २२ गते) बाट ३५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालयमा बालुवाटार काठमाडौंमा आवेदन दिनुपर्नेछ । तोकिएको अवधिमा कोही पनि संस्थापक सेयरधनीबाट आवेदन नआएमा भने अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.