गोरु काटेको आरोपमा गुरुङसहित पाँच जना पक्राउ

डिसी नेपाल
२२ मंसिर २०७८ १४:०३
44
Shares

मुस्ताङ । गोरु काटेको आरोपमा मुस्ताङ प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ बस्ने ४० वर्षीय आंगा गुरुङलगायत पाँचजनालाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानको कागबेनीमा गोरु काटिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जनाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.