सेयर बजार राताम्मे, नेप्से परिसूचक ५३.१० अंकले घट्यो
काठमाडौं। साताको कारोबारको चौथौ दिन बुधबार पनि नेप्से परिसूचक उच्च अङ्कले घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ५३.१० अंकले घटेर दुई हजार ४५५.८० मा ओर्लेको हो।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.३४ अङ्कले घटेर ४६४.७९ मा ओर्लेको छ ।
नेप्सको ओरालो यात्रासँगै कारोबार रकमसमेत ओरालो लागेको छ । कूल २२६ कम्पनीको ६५ लाख ६० हजार ९४७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६६ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
बुधबार सबै भन्दा बढी कारोबार नेसनल हाइड्रोपावरको भएको छ। यस कम्पनीको ११ करोड ३८ लाख सेयर कारोबार भएको हो । त्यसपछि क्रमश : नेपाल दुरसञ्चार र हिमालयन डिस्टिलरी कम्पनीलेबधि कारोबार गरेको छ । आज कारोबार भएका सबै उपसुचक घटेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment