लागु औषधसहित तीन पक्राउ

डिसी नेपाल
२२ मंसिर २०७८ २१:५२
4
Shares

काठमाडौं ।वेदकोट नगरपालिका–१० सिसैयाबाट आज साँझ प्रहरीले तीन जनालाई लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार लागूऔषध खैरो हिरोइनको कारोवार भइरहेको विशेष सूचनाका आधारमा वेदकोट–५ का ३२ वर्षीय धनबहादुर धानुक, वडा नं ९ का २१ वर्षीय पारस थापा र कृष्णपुर नगरपालिका–५ देखतभूलीका १९ वर्षीय मनिसा विष्टलाई पक्राउ गरिएको छ ।

पक्राउ परेकामध्ये धनबहादुरको साथबाट शून्य दशमलव छ ग्रामका दुई पोका खैरो हिरोइन, रु ५०० नगद, पारसको साथबाट रु दुई हजार ९०० नगद रकमसहित २५ पोका शून्य दशमलव ९५ खैरो हिरोइन बरामद गरिएको उनले बताए । उनका अनुसार पक्राउ परेकामध्ये धनबहादुर वारदात पूर्वफौजदारी अभियोगमा सजाय पाइसकेका व्यक्ति रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.