पहाडी क्षेत्रमा बदली, आज प्रदेश १ मा वर्षाकाे सम्भावना

डिसी नेपाल
२३ मंसिर २०७८ ७:१४
52
Shares

काठमाडौं। बिहीबार बिहान देशका पहाडी भूभागमा आंशिक बदली छ। दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहेकाे छ । प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ।

राति प्रदेश १ र २ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। शुक्रबार पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी दिएकाे छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.