एभरेष्ट बैंकले बोलायो पुस १ गते वार्षिक साधारणसभा
काठमाडौं। एभरेष्ट बैंकले १ पुषमा २७औँ वार्षिक साधारणसभा बोलाएको छ। उक्त साधारण सभा बैंकको केन्दीय कार्यालय लाजिम्पाट काठमाडौंमा बिहान ११.३० बजेदेखि सुरु हुने भएको छ ।
सभामा बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसमेत गरी ४.४० प्रतिशत नगद गरि कुल १०.४० प्रतिशत लाभांश आफ्नो सेयरधनीलाई वितरण गर्ने प्रस्ताव पेश गर्नेभएको छ। साथै, बैंकले आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल र प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने प्रस्ताव पनि पेश गर्नेछ।
बैंकले सभा प्रयोजनका लागि मंसिर १७ गते बुक क्लोज गरेको छ । यसर्थ, मंसिर १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले सभामा भाग लिन तथा बैंकले वितरण गर्ने लाभांश सुरक्षित गरेका छन् ।







डिसी नेपाल








Facebook Comment