मितेरी डेभलपमेन्ट बैंकले १४ प्रतिशत लाभांश दिँदै
काठमाडौं। मितेरी डेभलपमेन्ट बैंकले आफ्नो लगानीकर्तालाई १४ प्रतिशत लाभांश दिने भएको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिकों २१२औं बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
बैंकले आफ्नो सेयरधनीलाई १३.३० प्रतिशतले हुने १० करोड ६० लाख ५१ हजार १३२.६९ रुपैयाँ बराबरको बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.७० प्रतिशतले हुने ५५ लाख ८१ हजार ६३८.५६ नगद लाभांश वितरण गर्ने भएको छ ।
बैंकले प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि पछि मात्र सेयरधनीहरुलाई वितरण गरिने छ । हाल बैंकको चुक्ता पुँजी ७९ करोड ७३ लाख ७६ हजार ९३७ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment