आज सुनचाँदीको मूल्य स्थिर

डिसी नेपाल
२३ मंसिर २०७८ ११:१३
24
Shares

काठमाडौँ । साताको कारोबारको पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार ५ सय रुपैयाँले बढेको सुनको भाउ आज भने स्थिर देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुनको मूल्य पनि ९१ हजार ८ सय रुपैयाँमा नै कारोबार भइरहेको छ।

यता, चाँदीको मूल्य पनि स्थिर रहेर १ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार १ सय ३५ रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २९ रुपैयाँ कायम भएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.