सिटी एक्सप्रेस र रिया मनी ट्रान्सफर बीच सम्झौता
काठमाडौं।सिटी एक्सप्रेस मनी ट्रान्सफर र रिया मनी ट्रान्सफर बीच रेमिटान्स कारोबार सुरु भएको छ ।
अब विदेशमा रहेका नेपालीले ‘रिया मनी ट्रान्सफर’ को सेवा प्रयोग गरी अमेरिका, युरोप तथा १६० अन्य देशबाट सिटी एक्सप्रेसमार्फत खल्ती एपबाट सजिलै आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन्। साथै, खल्ती मोबाइल वालेटमा लोड गर्न पनि सकिनेछ।सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र रियाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शान डी फिल्डर ले हस्ताक्षर गरेका हुन ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १५ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजारभन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।







डिसी नेपाल








Facebook Comment