नेरुडे लघुवित्तको २१.४८ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन

डिसी नेपाल
२६ मंसिर २०७८ ८:५४
60
Shares

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेरुडे लघुवित्त वित्तीय संस्थाको २१.४८ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरेको छ । बोनसमा मूल्य समायोजनपछि भाउ १०४१ रुपैयाँ १८ पैसा निर्धारण गरिएको नेप्सेले जनाएको छ । आइतबार (आज) यहि भाउलाई आधार मानेर संस्थाको सेयर कारोबार खुला हुने भएको छ।

अघिल्लो कारोबार दिन बिहीबार संस्थाको अन्तिम कारोबार प्रतिकित्ता १२६४ रुपैयाँ ९० पैसामा भएको थियो। संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई २१.४८प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न १.१३ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.