आइपिओ निष्काशन गर्ने प्रस्ताव पारित गराउँन नागरिक स्टक डिलरले बोलायो साधारणसभा

डिसी नेपाल
२६ मंसिर २०७८ ९:५३
84
Shares

काठमाडौँ। नागरिक स्टक डिलर कम्पनीले आइपिओ निष्काशनको प्रस्ताव पारित गराउन साधारणसभा बोलाएको छ । कम्पनीको दास्रो वार्षिक साधारण सभा पुस २३ गते बोलाएको छ ।  संस्थाको उक्त साधारण सभा नागरिक लगानी कोष भवन, नयाँ बानेश्वर, काठमाडौंमा अपरान्ह ३ः३० बजे सुरु हुनेछ ।

सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पेश गर्दैछ । कम्पनीले ३० प्रतिशतले हुने १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता शेयर सर्वसाधारणमा (सर्वसाधारण समुहभित्र नै बर्गिकरण हुने गरी कर्मचारीलाई छुट्याइएको २ प्रतिशत सेयर सहित) आईपिओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने छ ।

यसका साथै, आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको प्रतिवेदन उपर छलफल गर्ने र  लेखापरीक्षकको प्रतिवेदन पेश गर्ने भएको छ। साथै आर्थिक वर्ष २०७८/०७९ को लागि बाह्य लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने सम्बन्धमा छलफल गरि पारित गरिने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.