आइएमई लाइफ इन्स्योरेन्सले गर्यो २ लाख बढी मृत्यु दाबी भुक्तानी
काठमाडौँ। आइएमई लाइफ इन्स्योरेन्सको बाजुरा शाखा कार्यालयले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले भिरबाट लडेर मृत्यु भएका बीमित स्व.धन बहादुर खड्काका परिवारलाई मृत्यु दाबि भुक्तानी बापतको चेक हस्तान्तरण गरेको छ ।
कम्पनीले बीमित धनबहादुर खड्काकी श्रीमती सिता खड्कालाई २ लाख ३ हजार १ सय रुपैयाँ प्रदान गरेको जनाएको छ ।
स्व धन बहादुर खड्काले २०७७ साल पूस १६ गते कम्पनीको बाजुरा शाखामा १ लाख रुपैयाँको बीमा गरेका थिए । १ लाख रुपैयाँको बीमा गरेका उनले एक किस्ता वापत ७ हजार ६०५ रुपैयाँ प्रिमियम बुझाएका थिए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment