लाभांश पारित गर्न साना किसान विकास लघुवित्तले बोलायो पुस १८ गते वार्षिक साधारण सभा

डिसी नेपाल
२६ मंसिर २०७८ १०:४५
32
Shares

काठमाडौँ। साना किसान विकास लघुवित्त वित्तीय संस्थाको ५ औँ वार्षिक साधारण सभा पुस १८ गते हुने भएको छ । उक्त साधारणसभा  नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरमा बिहान ११ बजे सूरु हुनेछ ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ दशमलव ३१५७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ। साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि रहेको छ ।

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पुस ५ गतेदेखि बुकक्लोज गर्ने भएको छ । त्यसैले, पुस १ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । पुस २ गते शुक्रबार, ३ गते शनिबार र ४ गते उधौली पर्व परेकाले १ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.