चिलिमे जलविद्युत कम्पनीले गर्यो १५ प्रतिशत लाभांश दिने घोषणा
काठमाडौं। चिलिमे जलविद्युत कम्पनीले आफ्नो सेयरधनीहरुलाई कुल १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति ३९२औँ बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । कम्पनीको हाल चुक्ता पुँजी ६ अर्ब २८ करोड ७ लाख ३९ हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment