आइतबार बढ्यो सुन र चाँदीको मूल्य, प्रति तोला कति ?
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
गत शुक्रबार ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ३ सयले बढेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
यता, चाँदीको मूल्य १ हजार १ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ। आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज आइतबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार ३सय ५ रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment