सिभिल बैंकका ५ जना संस्थापक सेयरधनीले ३२ हजार ६६३ कित्ता सेयर बिक्री गर्दै

डिसी नेपाल
२६ मंसिर २०७८ ११:५०
216
Shares
काठमाडौं। सिभिल बैंकका ५ जना संस्थापक सेयरधनीले आफ्नो सेयर बिक्री गर्ने भएका छन्। सेयर बिक्री गर्ने संस्थापक सेयरधनीमा शुशिल बिक्रम थापा, एलिजा कुँवर, रोशना थापा महत, शुशिला दहाल र कुमारी गंगा खतिवडा रहेका छन्।
बैंकका संस्थापक शेयरधनी शुशिल बिक्रम थापाको नाममा ११ हजार ७५७, एलिजा कुँवरको ७ हजार ६६३, रोशना थापा महतको ११ हजार ७५७, शुशिला दहालको ७४३ र कुमारी गंगा खतिवडाको नाममा ७४३ कित्ता गरी कुल ३२ हजार ६६३ कित्ता सेयर बिक्री गर्ने भन्दै बैंकले आइतबार एक सूचना जारी गरेका छन्।
यसमा बैंककै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरी सिभिल बैंकको केन्द्रीय कार्यालय, सुन्धारा काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणले समेत किन्न सक्नेछन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.