सीडीएस एण्ड क्लियरिङको ११ औँ वार्षिक साधारणसभा पुस १९ गते
काठमाण्डौ । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले ११ औँ वार्षिक साधारणसभा पुस १९ गते बोलाएको छ। उक्त साधारणसभा काठमाडौँको पुतलीसडकस्थित सेयर मार्केट्स कमर्सियल कम्प्लेक्सको चौथो तेलामा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ४० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ । साथै, सञ्चालक समितिका अध्यक्षबाट प्रस्तुत गरिने वार्षिक प्रतिवेदन पेश गरिने छ। त्यस्तै, आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन र सोही अवधि सम्मको नाफा नोक्सान सम्बन्धी प्रस्तावमा छलफल र लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment