वर्षको अन्तिम सेल अभियान दराज १२.१२ घोषणा, के-के छन् अफर?
काठमाडौँ। नेपालको अग्रणी अनलाइन बजार दराजले वर्षको अन्तिम सेल अभियान १२.१२ को घोषणा गरेको छ । यस वर्षको ११.११ अभियानको सफलतापछि उक्त अभियान २४ मंसिर मध्यरातदेखि सुरु भएको दराजले जनाएको छ । १२.१२ मा दराजका उपभोक्ताले विशेष छुट, ४ हजार रुपैयाँको मेगा भौचर र बैंक कार्ड मार्फत १० प्रतिशत (अधिकतम २ हजार रुपैयाँ) सम्मको थप छुटबाट लाभ उठाउन सक्नेछन् ।
यस अभियानमा सनराइज बैंक, एनएमबी बैंक, बैंक अफ काठमाडौं, सिटिजन्स बैंक र एभरेष्ट बैंकका कार्ड धारकले क्रेडिट कार्ड मार्फत १० प्रतिशत (अधिकतम २ हजार) र डेबिट कार्ड मार्फत १० प्रतिशत (अधिकतम १ हजार) छुट प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, ग्राहकहरूले अभियानअवधिभर आफ्नो ईसेवा र आईएमई–पे वालेट मार्फत भुक्तानी गर्दा सीमित समयभित्र १० प्रतिशत ९अधिकतम ५ सय रुपैयाँ० सम्मको विशेष छुट पाउने दराजले जनाएको छ ।
यस वर्षको १२.१२ मा फिलिप्स, सामसङ, लेनोभो, एर्क, लोट्टो, सीजी डिजिटल साथै अन्य धेरै उत्पादनमा ६० प्रतिशतसम्मको छुट रहेको कम्पनीले जनाएको छ । यसबाहेक ग्राहकले फेसन, इलेक्ट्रोनिक्स, घरेलु उपकरण लगायत वर्गका १३ लाखभन्दा बढी उत्पादनहरूमा पनि विशेष डिल र अफर प्राप्त गर्न सक्नेछन् ।







डिसी नेपाल








Facebook Comment