सुनराइज बैंकले ल्यायो नयाँ सुविधा, अब सनराइज केयर मार्फत बैंकिङ कारोबार गर्न सकिने

डिसी नेपाल
२६ मंसिर २०७८ १३:४९
36
Shares

काठमाडौं । ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं’ अभियानलाई आत्मसाथ गर्दै सनराइज बैंकले आफ्ना ग्राहक वर्गको सुविधाको लागि नविनतम् सुविधा युक्त अनलाइन प्लाटफर्म ‘सनराइज केयर’ सार्वजनिक गरेको छ ।

सनराइज केयर प्लेटफर्म मार्फत बैंकका ग्राहकले बैंकिङ सम्बन्धी सेवाहरु बैंक नगई अनलाइन मार्फतनै लिन सक्नेछन् । सो सुविधा अन्तरगत एकै ठाँउमा संकलित अत्याधुनिक अनलाइन प्लाटफर्म हो जस मार्फत ग्राहकले डेबिट कार्डको अनलाईन मार्फत खाता खोल्न, पिन नम्बर लिन तथा परिवर्तन गर्न, क्रेडिट कार्ड बनाउन, मोबाइल बैंकिङ खोल्न तथा बन्द गर्न लगायत अन्य बैंकिङ सुविधाहरु अनलाईन मार्फत लिन सकिने बैंकले जनाएको छ ।
जसका लागि बैंकको बेवसाइटमा गएर सानराईज केयर पोेर्टल ओपन गरी खाता नम्बर र आधिकारिक मोबाइल नम्बर राखी आवेदन दिन सकिनेछ ।

डिजिटल प्रबिधिको उपयोगसंगै वर्तमान कोभिड १९ को परिप्रेक्ष्यमा ग्राहक वर्गको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै यस बैंकले आफ्ना ग्राहक वर्गको सहजता र सुरक्षाको हेतु एक नविन अनलाइन बैंकिङ्ग प्लाटफर्म उपलब्ध गराएको हो । आगामी दिनहरुमा यस सनराइज केयरमा अन्य बैंकिङ्ग सेवाहरु पनि थप गरि यस प्लाटफर्मलाई अत्याधिनिक प्रविधियुक्त र प्रभावकारी बनाउदै लैजाने बंैकको जनाएको छ ।

सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले १ हजार ५ सयभन्दा बढि पोइन्ट अफ सेल मर्चेन्ट नेटवर्क, १६० एटिएम, १३९ बटा शाखाहरु, १२ एक्सटेन्सन काउण्टर, ८१ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.