न्यादी हाइड्रोपावरको चाैधाैँ वार्षिक साधारण सभा पाैष २८ गते, यस्ता छन् एजेण्डा
काठमाडौँ। न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको चाैधाैँ वार्षिक साधारण सभा पाैष २८ गते बाेलाएकाे छ । सभा कम्पनीकाे रजिष्टर्ड कार्यालय, बानेश्वर, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।
सभामा सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ। साथै, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/०७८ को वित्तिय विवरणहरु उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षण समितिको सिफारिस अनुसार आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, निमावलीको नियम ८(२) र ८(३) संशोधन गर्ने प्रस्तावहरू पारित गरिनेछ ।
त्यसैगरी, कम्पनीले साधारण सभा प्रयाेजनका लागि पाैष ११ गतेदेखि पाैष २८ गतेसम्म बुकक्लाेज गर्ने भएको छ । त्यसैले पाैष १० गतेसम्म कायम शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।








डिसी नेपाल








Facebook Comment