भ्रष्टाचार अन्त्य गर्नुपर्ने माग
काठमाडौं।नेपाल समाजवादी कांग्रेसले देशमा व्याप्त भ्रष्टाचार अन्त्य गर्नुपर्ने माग गरेको छ । सो पार्टीले आज यहाँ पत्रकार सम्मेलन गरी पछिल्लो समय देशमा भ्रष्टाचार झनझन मौलाउँदै गएको जनाउँदै भ्रष्टाचार अन्त्यका लागि सरकार र सम्बन्धित निकायसँग माग गरेको हो ।
सो पार्टीले देशमा बढ्दै गएको महङ्गी, हत्या, हिंसा, अराजकता, आपराधिक क्रियाकलाप, बेरोजगारीको अन्त्य गर्नसमेत सरकारसँग अनुरोध गरेको छ । पार्टीका अध्यक्ष गोविन्द निरौलाले राष्ट्र र राष्ट्रियताबारे चिन्ता व्यक्त गर्दै देशका विभिन्न नाकामा भएको सीमा अतिक्रमणका सम्बन्धमा सरकारले चासो देखाएर आफ्नो अतिक्रमण भएको जमिन फिर्ता लिनुपर्ने बताए।
उनले जनगणनाका लागि तयार गरिएको जनगणना अवधारणा नै देशको पक्षमा नभएको भन्दै त्यसलाई सच्याउनुपर्ने, राष्ट्रिय पोशाकको व्यवस्था गर्नुपर्ने र सरकारी ओहदामा रहेका मानिसले अनिवार्य रुपमा राष्ट्रिय पोशाक लगाउनुपर्नेमा जोड दिए । देशभित्रै उत्पादन बढाएर रोजगारीको सिर्जना गरी रोजगारीका लागि विदेश गएर युवालाई स्वदेश फर्काएर देशभित्रै रोजगारी दिनुपर्ने सो पार्टीको भनाइ छ ।
पार्टीका उपाध्यक्ष पुष्पा राणा घलेले ब्रिटिस सेनामा भर्ना भएका नेपालीका लागि समान सुविधाका लागि नेपाल सरकारले पहल गर्नुपर्ने बताए ।







डिसी नेपाल







Facebook Comment