मध्यपहाडी लोकमार्गको १६ किलोमिटर मात्रै कालोपत्र
काठमाडौं। मध्यपहाडी लोकमार्गको ८२ किलोमिटर सडकमध्ये १६ मिलोमिटर मात्र कालोपत्र गरिएको छ । बाँकी खण्डमा काम चलिरहेको छ । चिसो मौसमका कारण पुसमा कालोपत्रको काम बन्द हुने निर्माण कम्पनी ‘शर्मा सिंह एण्ड ब्रदर’का प्रतिनिधि विश्वास उप्रेतीले जानकारी दिए ।
उक्त कम्पनीले ५६ किलोमिटर सडक कालोपत्र गर्ने जिम्मेवारी पाएको छ । माघ अन्तिमदेखि कालोपत्र पुनः थालिने उनले बताए । थलहबजारस्थित खोलामा पुल निर्माण नहुँदा काम गर्न मुस्किल भएको छ । थलहबाट दैलेखको सिमाना सुयाडासम्मको कामको जिम्मेवारी लामा पिएस जेभी, रैताहा पिके जेभी र केए जेभीले लिएका छन् । तोकिएको समयभन्दा ढिला काम भइरहेकाले स्थानीयवासीले सास्ती भोग्दै आएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment