समाजसेवी रिमालले पाए अन्तर्राष्ट्रिय पुरस्कार
काठमाडौं। समाजसेवी तथा सूचना प्रविधिमा आधारित डिस्कभर सिटी कम्पनीका सञ्चालकसौरभ रिमाल अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन्।
करिब डेढ वर्षदेखि समाजसेवामा लागेका रिमालबाबासाहेब आम्बेडकर भनेर चिनिने भीमराव रामजी ‘श्री आम्बेडकर सेवा श्री पुरस्कार’बाट सम्मानित भएका हुन्। बिगत लामो समयदेखि दलित अधिकारका क्षेत्रमा काम गर्दै आएका उनले उक्त पुरस्कार प्राप्त गरेका हुन्।
कोरोना माहामारी र निषाधज्ञाले मानिस मात्रै नभएर, पशुपंक्षी पनि ‘अछुतो’ नरहेको समयमा काठमाडौं भित्रका विभिन्न ठाउँमा पुगेर दुःखी गरिब मानिसहरु, बाँदर, गाई, कुकुरलगायतलाई खाना खुवाउँदै आएका रिमाल ३७औँ सेवा श्री पुरस्कारबाट सम्मानित भएका हुन्।अम्बेडकर भारतीय संविधानका जनक एवम् भारत गणराज्यका निर्माता समेत हुन्।
के फाउन्डेसन मार्फत समाज सेवा गरिरहेका उनी नेपालमामात्रै सिमित नभएर भारत, जमैका, अफगानिस्थान र श्रिलङ्कामा समेत समाज सेवा मार्फत काम गरिरहेका छन्।के फाउन्डेसनएक गैर नाफामुखी संगठन हो जुन फ्लोरिडा, संयुक्त राज्य अमेरिकाको राज्यमा दर्ता भएको हो।
यस संगठनको मुख्य उद्देश्य पशु कल्याण, दृष्टि हेरचाह, शिक्षा, र विश्वव्यापी विशेषाधिकार प्राप्त बच्चाहरु र परिवारहरुको लागि खेलकुद विकासमा सहयोग पु¥याउनु हो।रिमालले लकडाउनको पहिलो दिनदेखि नै केहि सहयोग गरुम् भन्ने सोच लिएर अघि बढेका थियौं। त्यसपछि कुकुर, बाँदर, गाई आदिलाई खानाका लागि सहयोग गने सोचका साथ थालेका थिए।







डिसी नेपाल








Facebook Comment