गुरु दक्षिणा स्वरुप ‘मिना दिदी’ सार्वजनिक
काठमाडौं। आइतबार भम्के साझ्मा चम्किलो अनुहार थियो ‘मिना दिदी’को। मिना केसी उर्फ मिना दिदी उमेरले ८४ वर्ष हुनु भयो। छोरीहरुले चौरासी गरिदिए। उनको अनुहारमा छोरीहरुले गरेको चौरासीको उज्याले भन्दा पनि विद्यार्थीहरुले गरेको सम्मानले आएको अनुमान गर्न सकिन्छ।
किसान माध्यामिक विद्यालय झेडेवा पाल्पामा अध्यायन गरेका पूर्व विद्यार्थीहरुले ‘मिना दिदी’लाई गुरु दक्षिणा स्वरुप ‘मिना दिदी’ नामक पुस्तक उनकै हातबाट लोकार्पण गरेका थिए।
‘मिना दिदी’ पुस्तकका सम्पादक उमानाथ पोखरेलले ‘मिना दिदी’ले पढाउने समयमा गरेको संघर्ष र हामी विद्यार्थी प्रति गर्ने व्यवहारले नै स्मरणीय भएको बताए। आफूले पुस्तकको सम्पादन गरिरहँदा हरेक पूर्व विद्यार्थीहरुले लेखेका नयाँ नयाँ कुराहरुले आफूलाई उत्साहित बनाएको बताए।
‘मलाई सम्झना छ। दिदीले पढाउन आउने बेला म तीन कक्षामा पढ्थेँ।’ उनले भने, ‘त्यो बेला उहाँको तलब कति थियो थाहा छैन। पछि म पढेर उक्त विद्यालयको लेखाको जिम्मेवारीमा रहने बेला पनि उहाँको तबल एकदमै थोरै थियो।’
एउटी महिलाले आफ्ना लालाबाला बोकेर विरानो ठाउँमा गइ अध्यायपन गराउनु, लालाबाला काखीमा च्यापेर अरुको छोराछोरीलाई पनि उत्तिकै प्रेम दर्शाउनु अविस्मरणीय भएको उनको भनाइ थियो।
पुस्तकमा २०२७ सालदेखि २०४७ सालसम्म ‘मिना दिदी’ले अध्यायपन गराउँदा अध्ययन गरेका २१ जना विद्यार्थीले आफ्नो अनुभव लेखेका छन्। छात्राहरुको सपनाको रुपमा रहेकी ‘मिना दिदी’लाई सबै भन्दा बढी उक्त विद्यालयका छात्राहरुले स्मरण गरेका छन्। छोरीमान्छेले पढ्नु हुँदैन भन्ने समयमा छात्राहरुले सुरक्षित महसुस गर्दै अध्ययन गरेको उनीहरुको अनुभव छ।
विद्यालयका प्रधानाध्यापक तुलाबहादुर सारु आफूले पढेकै विद्यालयका प्रधानाध्यापक छन्। उनले आफैले पढाएकी गुरुआमाको बारेमा पुस्तक लोकार्पण गर्न पाउँदा अत्यन्तै हर्षित भएको सुनाए।
कार्यक्रममा उपस्थित सबै ‘मिना दिदी’कै शिष्यहरु थिए। उनीहरुले ‘मिना दिदी’ले पढाउँदा अनुभवहरु सुनाएका थिए भने पुस्तकमा पनि उनै ‘मिना दिदी’को संघर्षले आफूमा भएको परिवर्तन र सफलताका अनुभवहरु उन्ने काम भएको छ।







डिसी नेपाल








Facebook Comment