अवैध काठसहित ट्याक्टर प्रहरीको नियन्त्रणमा
सिन्धुली। बीपी राजमार्गअन्तर्गत सुनकोशी गाउँपालिका–६ खाल्टे निगुली खोलाबाट अवैध काठसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । खयर, आँप र पीपल जातको ३१ थान अर्थात् ६२.४६ क्युफिट अवैध काठसहित ना५त १०९६ नम्बरको ट्याक्टर र सुनकोशी गाउँपालिका–६ का वर्ष २३ का चालक मेघबहादुर अछामीलाई आइतबार नियन्त्रणमा लिएको हो ।
निगुली खोलाबाट बीपी राजमार्गतर्फ अवैध काठ ल्याउँदै गरेको अवस्थामा प्रहरी गस्ती टोलीले चेकजाँच गर्ने क्रममा आवश्यक कागजात नभएको पाइएपछि ट्याक्टरलाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक लामाका अनुसार ट्याक्टर धनी सुनकोशी गाउँपालिका ६ का ४० वर्षीया ज्ञानेन्द्र केसीलाई पनि नियन्त्रणमा लिएको छ । आवश्यक कारबाहीका लागि ट्याक्टर, ट्याक्टर धनी र चालकलाई सब डिभिजन वन कार्यालय सिन्धुलीमा बझाइएको उनले बताए ।







डिसी नेपाल








Facebook Comment