संकटा र पुलिस तथा जावलाखेल र ब्रिगेड भिड्दै

डिसी नेपाल
२७ मंसिर २०७८ ९:१०
32
Shares

काठमडौं। सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको चौथो चरणको अन्तिम दिन दुई खेल साेमबार हुँदै छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशाला सोमबार हुने पहिलो खेलमा संकटा क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ । खेल दिउँसो १ बजे हुनेछ।

संकटा र पुलिस दुबै दोस्रो जितको खोजीमा हुनेछन्। यसअघिका तीन खेलमा दुबै टोलीले दुई बराबर र एक खेलमा जित निकालेका छन्। जारी लिगमा औसत प्रदर्शन गरेका दुबै टोली एक अर्काविरुद्ध जित निकाल्दै अंक तालिकामा सुधार गर्ने लक्ष्यमा छन्।

संकटा तीन खेलमा पाँच अंक जोडेर छैटौं स्थानमा छ। पुलिस पाँच अंक जोडेर सातौं स्थानमा छ। दोस्रो खेलमा ललितपुर डर्वी अन्तर्गत जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बीच प्रतिस्पर्धा हुनेछ। खेल अपरान्ह ४ः४५ बजे हुनेछ।

जारी लिगमा खराब प्रदर्शनपछि अंकतालिकाकाे पुछारमा रहेको जावलाखेल पहिलो अंक र जितको खोजीमा हुनेछ। यता, बीबीसी भने दोस्रो जितको खोजीमा छ। जारी लिगमा तुलात्मक रूपमा जावलाखेल बलियो देखिए पनि स्कोर निस्कन नसक्दा आफ्नो लय समात्न सकेको छैन।

यता, युवा खेलाडीको साथ पाएको बीबीसी भने एक खेल जितेर एक बराबरी खेल्दा उच्च मनोबलमा छ। यद्यपि, टोलीलाई जावलाखेलविरुद्धको खेल सहज हुनेछैन। १४ क्लब सहभागीता शीर्ष डिभिजनको लिगमा अंकविहीन रहँदै जावलाखेल पुछारमा छ । बीबीसी भने चार अंक जोडेर नवौं स्थानमा छ।

जारी लिगमा समान १० अंक भए पनि मनाङ मर्स्याङ्दी क्लबलाई गोल अन्तरमा पछि पार्दै साविक विजेता मछिन्द्र शीर्षस्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *