गुडविल फाइनान्सले १३ प्रतिशत लाभांश दिँदै, बोनस सेयर र नगद कति ?

डिसी नेपाल
२७ मंसिर २०७८ ११:३९
32
Shares

काठमाडौं। गुडविल फाइनान्स लिमिटेडले १३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। फाइनान्सको आइतबार बसेको सञ्चालक समितिको ३७८ औँ बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्नो सेयरधनीलाई ९.१ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ३.९ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

संस्थाको प्रस्तवित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीलाई वितरण गरिनेछ । हाल संस्थाको चुक्ता पुँजी  ८६ करोड ७२ लाख रुपैयाँ रहेको छ। बोनस सेयर वितरणपश्चात संस्थाको चुक्ता पुँजी ९४ करोड ६१ लाख १५ हजार २ सय रुपैयाँ पुग्नेछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.