सुनचाँदीको भाउ स्थिर
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाला सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो आइतबार सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाला सुन ९२ हजार ५ सय रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।
यता, चाँदीको मूल्य पनि स्थिर रहेर १ हजार १ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ। महासंघका अनुसार आज सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार ३ सय ५ रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment