चिलिमे जलविद्युतले डाक्यो पुस २३ गते वार्षिक साधारण सभा

डिसी नेपाल
२७ मंसिर २०७८ १२:२९
60
Shares
काठमाडौं। चिलिमे जलविद्युत कम्पनीको वार्षिक साधारण सभा पुस २३ गते हुने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय कमनमार्ग, महाराजगञ्ज काठमाडौंमा गुगल मिटबाट भर्चुअल माध्यममा बिहान ११ बजे सुरु हुने भएको छ ।
सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ७.५% बोनस सेयर र ७.५% नगद गरी कुल १५% लाभांश प्रस्ताव पेश गर्ने भएको छ। यसका साथै सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि रहेको छ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान र नगद प्रवाह सम्बन्धी विवरणमा पनि छलफल हुनेछ ।
सभा प्रयोजनका लागि चिलिमेले पुस १५ गतेदेखि पुस २३ गतेसम्म बुक क्लोज गर्नेछ । पुस १४ गतेसम्म मात्र कायम सेयरधनीले मात्र उक्त लाभांश प्राप्त गर्ने छन्  ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.