सानिमा बैंकको नयाँ शाखा काठमाडौँको बलम्बुमा

डिसी नेपाल
२७ मंसिर २०७८ १२:४०
36
Shares

काठमाडौं ।  सानिमा बैंक लिमिटेडले थप नयाँ शाखा बिस्तार गरेको छ । बैंकले काठमाडौंको बलम्बुमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

बैंकको उक्त शाखाको उद्धघाटन बैंकका अध्यक्ष तुक प्रसाद पौडेल र ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरेका हुन् ।

कार्यक्रममा बैंक अध्यक्ष पौडेलले ग्राहक र सरोकारवालाहरूप्रति कृतज्ञता व्यक्त गर्दै थप गुणस्तरीय सेवा दिन प्रतिबद्ध रहेको बताए । थप एक शाखा बिस्तार गरेसँगै हाल देशभर ११८ शाखा कार्यालय र ९७ वटा एटिएम मार्फत बैंकिङ सेवा सुविधा दिदै आइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.