स्कुटरको ठक्करबाट ७४ वर्षीय वृद्धको मृत्यु

डिसी नेपाल
२७ मंसिर २०७८ १२:५२
112
Shares

काठमाडौं। बौद्धमा पौदलयात्रीलाई स्कुटरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौं महानगरपालिका-६ बौद्ध रामहिटी बस्ने नुवाकोट सिखुरे घर भइका ७४ वर्षीय कृष्ण बहादुर नेपालीको मृत्यु भएको हो।

आइतबार दिउँसो काठमाडौं महानगरपालिका-६ बौद्धस्थित सडकमा बा.५८ प ७७७३  नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री नेपालीको मृत्यु भएको प्रहरीले जानकारी दिए । ठक्करबाट गम्भीर घाइते भएका उनको बौद्धस्थित स्तुपा सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.