तास खेलिरहेको अवस्थामा ६ जना जुवाडे पक्राउ

डिसी नेपाल
२७ मंसिर २०७८ १४:००
188
Shares

झापा । प्रहरीले तास खेलिरहेको अवस्थामा ६ जना जुवाडेलाई पक्राउ गरेको छ । दमक नगरपालिका ५ बस्ने दिपेश भट्टराईको खाली घरमा तास खेलिरहेको अवस्थामा ईलाम चुलाचुली गाउँपालिका ५ बस्ने ३९ वर्षीय सुमन सिंह राईसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

भट्टराईको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४० हजार रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.