बीमा समितिले ४२ करोड लागतमा भवन बनाउने

डिसी नेपाल
२७ मंसिर २०७८ १५:१३
84
Shares

काठमाडौं । बीमा समितिको कार्यालय भवन करिब ४२ करोड रुपैयाँमा बन्ने भएको छ । सोमबार अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिको कार्यालय कुपन्डोलमा भवनको शिलान्याश गरेका हुन् ।

समितिको नयाँ भवन ललितपुर-१० कुपोण्डोलमा निर्माण हुन लागेको हो।  समितिले १० रोपनी क्षेत्रफलमा ४१ करोड ९२ लाख ४७ हजार ९५२ रुपैयाँ लागतमा उक्त भवन बनाउन लागेको हो ।

नेपाल इन्जिनियरीङ अध्ययन संस्थानले डिजाइन गरेको नयाँ भवनको निर्माण कार्य विकास तथा भवन विभागले गर्ने भएको छ । आठ तले उक्त भवनको दुई तला जमीनमुनि रहने छ । ग्राउण्ड फ्लोरमामा मोटर पार्किङको व्यवस्था रहने समितिले बताएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.