ए डिभिजन लिग पहिलो पटक मोफसलमा, मनाङको तीन खेल पोखरामा तय

डिसी नेपाल
२७ मंसिर २०७८ १६:१९
56
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलो पटक सहिद स्मारक ए डिभिजन लिगका खेल मोफसलमा लैजाँदै नवौँ चरणसम्मको तालिका सार्वजनिक गरेको छ ।

सोमबार एन्फाले पोखरामा मनाङ मर्स्याङ्दी क्लबको तीन खेल तय गर्दै नवौँ चरणसम्मको खेल तालिका सार्वजनिक गरेको हो ।

जारी लिगको चौथो चरण सोमबारबाट सकिँदै छ । एन्फाले सार्वजनिक गरेको तालिकाअनुसार मनाङले पाँचौँ चरणमा नेपाल पुलिससँग ३ पुसमा पोखरा रंगशालामा खेल्नेछ ।

यस्तै मनाङले ब्रिगेड ब्वाईज क्लब (बीबीसी)सँग ११ पुषमा खेल्नेछ । मनाङले पोखरामा अन्तिम खेल च्यासल युथविरुद्ध २४ पुषमा खेल्नेछ ।

लिगको सातौं चरणसम्म शीर्षस्थानमा रहने टोलीले एएफसी कप खेल्नेछ । जारी लिगमा १० अंक जोड्दै मछिन्द्र फुटबल क्लब शीर्षस्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *