किसानलाई मलकै समस्या
काठमाडौं । कञ्चनपुरका किसान गहुँ छरेर सिँचाइ गर्ने बेला मलखाद नपाउँदा चिन्तित बनेका छन् ।
हरेक खेतीको बेला अनुदानको मलखादको अभाव रहेने यहाँ यसपटक पनि गहुँ खेतीका लागि सरकारले एक हजार मेट्रिक टन मात्रै युरिया मल पठाएको कृषि सामग्री कम्पनी लिमिडेट महेन्द्रनगरका प्रमुख बलबहादुर शाहले जानकारी दिए। “मल नपाएर किसानलाई समस्या नै छ”, उनले भने, “५६ हजार हेक्टरलाई एक हजार मेट्रिक टन मलले पुग्ने कुरै आउँदैन् ।” उनले हालसम्म सहकारीमार्फत जिल्लाभर ७०० मेट्रिक टन युरिया वितरण गरिएको जानकारी दिए ।
यहाँ नौ वटै पालिकामा उप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा अनुदानको मल वितरण व्यवस्थापन समिति बनेको बताए । “सरकारले हामीमार्फत दुई तिहाई र साल्ट्र टे«डिङ पर्कोरेशनमार्फत वितरण गर्छ ।” उनले भने, “मलखाद आवश्यकताअनुसार पूर्ति गर्न सकिएन ।” उनले कृषि सामग्री कम्पनी लिमिडेट महेन्द्रनगरलाई वार्षिक लक्ष्य दुई हजार ५०० मेट्रिन युरिया र एक हजार ८०० मेट्रिक टन डिएपी वितरणको लक्ष्य दिइएको बताए ।







डिसी नेपाल








Facebook Comment