मुद्धा मिलाईदिने भन्दै व्यापारीसँग १५ लाख लिने सई पक्राउ

डिसी नेपाल
२७ मंसिर २०७८ २१:४९
156
Shares

काठमाडौं । नेपाल प्रहरीका एक सई पक्राउ परेका छन् । आइतबार साँझ एक व्यापारीको मुद्धा मिलाई दिने भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद ढुंगाना पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौले ‘अपराधीक लाभ’ विरुद्धको कसुर गरेको भन्दै काठमाडौ जिल्ला अदालतबाट अनुसन्धानको लागि समय लिएको छ ।

‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान अधिकृत हुँ’ भनेर त्यहाँको मुद्धा मिलाउन ती व्यापारीसँग १५ लाख रकम लिएको आरोप लागेको छ । उनी सिआइबीमा पनि आर्थिक अपराध शाखामा कार्यरत थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.