देउवाले मतान्तर झन बढाए, कसकाे कति मत ?
काठमाडौं। नेपाली कांग्रेस १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना जारी छ। हालसम्म २ हजार ६ सय ७७ मत गणना भएको छ। जसमा सबैभन्दा बढी शेरबहादुर देउवाले १२६५ मत प्राप्त गरेका छन्।
उनलाई निकटतम प्रतिस्पर्धी शेखर कोइराला पछ्याइरहेका छन्। कोइरालाले ९८० र प्रकाशमान सिंहले २०४ मत पाएका छन्। विमलेन्द्र निधिले १६५ मत पाउँदा कल्याण गुरुङले १२ मत मात्र प्राप्त गरेका छन्।
सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो। नयाँ नेतृत्व चयनका लागि ४ हजार ६७९ मत खसेको छ। कांग्रेसको विधानअनुसार सभापति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । खसेको मतको आधारमा पहिलो चरणमै सभापति चुनिन २३४१ मत प्राप्त गर्नुपर्नेछ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment