२६ प्रतिशत बोनस सेयर पारित गर्न महुली लघुवित्तले बोलायो साधारण सभा

डिसी नेपाल
२८ मंसिर २०७८ ८:५१
60
Shares

काठमाडौं : महुली लघुवित्त वित्तीय संस्थाले २६ प्रतिशत बोनस सेयर पारित गर्न पुस २४ गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा कम्पनीको केन्द्रीय कार्यालय अग्नीसाइर कृष्णासवरण ६ महुली सप्तरीमा बिहान ११ बजेदेखि सुरु हुने भएको छ ।

सभामा संस्थाले हाल कायम चुक्ता पुँजीको २६ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ। साथै संस्थाको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि रहेको छ।

त्यस्तै, सभाले प्रिमियममा एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने एजेन्डा पनि राखेको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफ–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुने र कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश गरिने भएको छ ।

संस्थाले सभा प्रयोजनार्थ पुस १२ गते एकदिन बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस ११ गतेसम्म कायम शेयधनीहरुले मात्र लाभांश पाउने र  साधारण सभामा भाग लिन पाउने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.