कांग्रेस सभापतिमा देउवाकाे बहुमत पुगेन, देउवा र काेइरालाबीच चुनाव हुने

डिसी नेपाल
२८ मंसिर २०७८ ९:१८
652
Shares

काठमाडाैं। नेपाली कांग्रेसमा सभापति चयनका लागि भएकाे पहिलाे चरणकाे चुनावमा उम्मेदवारले बहुमत पुर्‍याउन नसक्दा पुनः मतदान हुने भएको छ।

भर्खरै सार्वजिनक मतपरीणाम अनुसार सभापतिका पाँच जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि पहिलाे र दाेस्राे अर्थात शेरबहादुर देउवा र शेखर काेइरालाबीच दाेस्राे चरणकाे चुनाव हुने निश्चित भएकाे हाे।

देउवाले सबैभन्दा बढी मत पाए पनि उनले ८३ मत पुर्‍याउन नसक्दा निर्वाचन हुन लागेकाे हाे। कुल ४६७९ मतमा देउवाले २२५८ मत पाए। काेइरालाले १७२९ मत पाएका छन्। यसैगरी,प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत पाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.