पुस १ गते एभरेष्ट बैंकको २७ औं वार्षिक साधारण सभा, के-के छन् प्रस्ताव ?
काठमाडौं। एभरेष्ट बैंकले पुस १ गते २७ औं वार्षिक साधारण सभा डाकेको छ । सभामा बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६ प्रतिशत बोनस सेयर र करसहित ४.४० प्रतिशत नगद लाभांश दिने विशेष प्रस्ताव पेश गर्ने भएको छ।
यसका साथै, बैंकले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि रहेको छ । आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।
सभा बैंकको केन्दीय कार्यालय लाजिम्पाट काठमाडौंमा बिहान ११.३० बजेदेखि सुरु हुने भएको छ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १७ गते बुक क्लोज गरेको छ । मंसिर १६ गतेसम्म कायम सेयरधनीले मात्र उक्त लाभांस सुरक्षित गरेका छन् ।







डिसी नेपाल








Facebook Comment