देउवा र कोइरालाबीच आजै चुनावको तयारी

डिसी नेपाल
२८ मंसिर २०७८ ९:२८
536
Shares

काठमाडौं।नेपाली कांग्रेसमा सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच आज मंगलबार चुनाव हुने भएको छ ।

सभापतिका पाँच उम्मेदवार रहे पनि पहिलो चरणमा कसैले पनि बहुमत पुर्‍याउन नसकेपछि पहिलो र दोस्रोमा रहेका क्रमशः देउवा र कोइरालाबीच दोस्रो चरणमा चुनाव हुने भएको हो ।कांग्रेस निर्वाचन समितिका निर्वाचन अधिकृत एगराज पोखरेलले दोस्रो चरणको मतदानका लागि छलफल सुरु गरिएको बताए ।

मतदानका लागि आवश्यक पर्ने मतपत्र छपाइएको काम पनि तत्काल सुरु हुने उनले बताए ।आइतबार बिहान सार्वजनिक मतपरिणाम अनुसार देउवाले ८३ मत पुर्याउन नसक्दा दोस्रो चरणको चुनाव तय भएको हो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.