नेपाल पुनर्बीमा कम्पनीको छैठौं साधारण सभा बार्षिक साधारण सभा पुस २२ गते

डिसी नेपाल
२८ मंसिर २०७८ १०:१८
32
Shares

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको छैठौं बार्षिक साधारण सभा पुस २२ गते हुने भएको छ । कम्पनीको उक्त साधारण सभा  कार्की ब्यांक्वेट, बबरमहलमा बिहान ११ बजे हुने भएको छ ।

सभामा आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १६.५० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न २.५० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ ।  साथै, प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेण्डा रहेको छ।

सभाले सञ्चालक समितिको निर्णय बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्च गरिएको रकमलाई अनुमोदन गर्ने भएको छ। सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरुको कार्यकाल थप गरिएको निर्णय अनुमोदन गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा र लाभांश प्रयोजनका लागि पुस १४ गते (एक दिन) बुक क्लोज गर्ने तयारी कम्पनीको छ । पुस १३ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्ने छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.