संस्थापक शेयर बिक्री गर्दै नारायणी डेभलपमेन्ट बैंक

डिसी नेपाल
२८ मंसिर २०७८ १०:३६
52
Shares

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ। कम्पनीले मंगलवार एक सूचना जारी गर्दै संस्थापक शेयरधनीको नाममा रहेको ४३ हजार ४८२ कित्ता संस्थापक शेयर विक्री गर्ने लागेको हो  ।

उक्त शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको केन्द्रीय कार्यालय रत्ननगर १, टाँडी, चितवनमा सम्पर्क गर्न अनुरोध गरेको छ।

उक्त मिति अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा प्रचलित नियम अनुसार उक्त सेयर अन्य व्यक्ति संघ संस्थालाई विक्री गर्ने बैंकले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.