कप्तानबाट बर्खास्त गरिएपछि कोहलीले एकदिवसीय सिरिज खेल्न मानेनन्, रोहित टेस्ट नखेल्ने
काठमाडौं। भारत र दक्षिण अफ्रिकाबीच हुन गइरहेको क्रिकेट सिरिज अहिले निकै चर्चामा छ । टेस्ट टिमका उपकप्तान रोहित शर्मा चोटग्रस्त भएर टेस्ट सिरिजबाट बाहिर भइसकेका छन् । अब एकदिवसीय कप्तानबाट बर्खास्त गरिएका विराट कोहलीले एकदिवसीय सिरिजबाट आफ्नो नाम फिर्ता लिएका छन् । बीसीसीआइले हालै कोहलीलाई एकदिवसीय टिमको कप्तानबाट बर्खास्त गरेर रोहित शर्मालाई कप्तान नियुक्त गरेको थियो ।
रिपोर्टका अनुसार विराट कोहलीले पनि एकदिवसीय टिमबाट ब्रेक लिन सक्छन् । विराट कोहलीले बोर्डलाई ११ जनवरीमा आफ्नी छोरी वामिकाको पहिलो जन्मदिन भएकोले परिवारको साथमा जन्मदिन मनाउन चाहेको सूचना दिएका थिए । भारत र दक्षिण अफ्रिकाबीचको तेस्रो टेस्ट ११ जनवरीमै सुरु हुँदैछ त्यसैले यस दिन उनी मैदानमा हुनेछन् । टेस्ट सकिएपछि कोहलीले एकदिवसीय सिरिज छोडेर परिवारको साथमा समय बिताउन सक्छन् ।
यसअघि बीसीसीआइका अध्यक्ष सौरभ गांगुलीले विराट कोहलीलाई एकदिवसीय टिमको कप्तानबाट हटाइनुको कारणबारे बताएका थिए । गांगुलीका अनुसार कोहलीलाई टि–२० को कप्तानी नै नछोड्न भनिएको थियो तर उनले मानेनन् र टि–२० को कप्तानी छोडे । त्यसपछि बोर्ड र छनोटकर्ताले सेतो बलको सीमित ओभरको फरम्याटमा २ अलग अलग कप्तान राख्न नसकिने भन्दै रोहित शर्मालाई दुवै फरम्याटको कप्तान बनायो । बोर्डले सेतो बलको कप्तान रोहित शर्मालाई र रातो बलको कप्तान विराट कोहलीलाई बनायो ।







डिसी नेपाल







Facebook Comment