दोस्रो चरणमा देउवालाई समर्थन गर्ने प्रकाशमानको निर्णय
काठमाडौं। पहिलो चरणको निर्वाचनबाट बाहिरिएका नेता प्रकाशमान सिंहले दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवलाई समर्थन गर्ने निर्णय गरेका छन्।
प्रकाशमानलाई भेट्न देउवा मंगलबार सिंह निवास चाक्सीबारी पुगेका थिए। सो भेटमा देउवालाई दोस्रो चरणको निर्वाचनमा देउवालाई समर्थन गर्ने निर्णय भएको सिंहले बताए।
नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर हामी प्रतिस्पर्धामा उत्रिएका हौं। देशभरीका बहुमत महाधिवेशन प्रतिनिधिले देउवाजीको पक्षमा मत जाहेर गरे। देउवाजीले मलाई सहयोग गर्न भन्नुभएको छ। विधान संशोधन र पार्टीमा भइरहेका कमिकमजोरी सच्याउने प्रतिवद्धता जाहेर गर्नुभएको छ। पार्टीभित्र सुधार ल्याउन र देउवाले कार्यशैली परिवर्तन गर्नुपर्नेछ,’ उनले भने।
कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदको अन्तिम मत परिणामअनुसार देउवाले २२५८, शेखर कोइरालाले १७०२, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाएका थिए। देउवाले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुने भएको छ। त्यसअघि नै देउवालाई सिंहले समर्थन गर्ने निर्णय गरेका हुन्। भेटवार्तामा उपसभापतिकी उम्मेदवार सुजाता कोइराला पनि उपस्थित थिइन् ।







डिसी नेपाल







Facebook Comment